विरगञ्जको गण्डक अस्पतालका ४ जना कोरोना संक्रमित निको

लुदअ जेठ १५, काठमाडौ
वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेका ४ जना संक्रमित बुधबार साँझ डिस्चार्ज भएका छन्। निको हुने संक्रमितमा २ पुरुष २ महिला छन्। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड मदन कुमार उपाध्यायकाअनुसार संक्रमित सबै पर्साका हुन्। डिस्चार्ज हुने पुरुषमा २८ वर्षीय ऐजुला अन्सारी र २७ वर्षीय अर्मान अली रहेका छन्।

३२ वर्षीय नजरा खातुस र शाभम खातुस रहेका छन्। पछिल्लो ४ दिनयता पर्साको नारायणी र गण्डक अस्पतालको आइसोलेसन वार्डबाट ९५ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।यो सँगै देशभर कोरोना जित्नेको संख्या १ सय ८७ पुगेको छ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *