विजयनगरले कृषकलाई अनुदानमा धानको बिउ वितरण गर्ने

[sharethis-inline-buttons]

राम प्रघट कोरी विजयनगर, जेठ १५
कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५ हजार बोरा धान वितरण गर्ने भएको छ । गाउँपालिकाले उन्नत जातको राधाचार धान वितरण गर्न सुरु गरेको हो । कार्यपालिकाबाट निर्णय भएबमोजिम प्रत्येक घरलाई पुग्ने गरी वितरण कार्यलाई अगाडी बढाएको छ ।

कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त धान वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए । सरकारले लगाएको लकडाउनमा कृषकहरुको समस्याहरुलाई मध्येनजर गर्दै समयमै धानको बिउ वितरण गर्न लागेको छ । कृषकलाई कोरोना भाइरसका कारण लगाइएको लकडाउनले धानको बिउ बजारबाट ल्याउन किसानलाई अप्ठ्यारो भएकोले गाउँपालिकाले आफै धानको बिउ व्यवस्थापन गरी वितरण सुरु गरेको हो ।

हालसम्म गाउँपालिकाले १ हजार बोरा धान वितरण गरि सकेको कृषि विकास शाखाले जनाएको छ ।


प्रकाशित : २०७७ जेष्ठ १५, बिहीबार ०२:३९