ताजा अपडेट

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

१४ खर्ब ७४ अर्बको बजेट, स्वास्थ्य र शिक्षालाई प्राथमिकता, कुन क्षेत्रमा कति विनियोजन ?

लुम्बिनी दर्पण २०७७ जेष्ठ १६, शुक्रबार ०१:३६
[sharethis-inline-buttons]

लुदअ जेठ १६, काठमाण्डौ
सरकारले आउँदो वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

यसमध्ये चालुतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ खर्च विनियोजन भएको छ ।

स्वास्थ्य क्षेत्रको बजेट बढ्यो

गएको वर्षमा भन्दा यो वर्ष स्वास्थ्य क्षेत्रमा भण्डै २२ अर्बले बजेट बढेको छ । यो वर्ष सरकारले स्वास्थ्य क्षेत्रको लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये ६ अर्ब कोरोना सङ्क्रमण नियन्त्रणको लागि मात्रै विनियोजन गरिएको छ । गएको आर्थिक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रको लागि ६८ अर्ब ७८ करोड विनियोजन गरेको थियो ।

शिक्षामा १ खर्ब ७१ अर्ब ७१ करोड ​

सरकारले यो वर्ष शिक्षाको क्षेत्रमा बजेट बढाएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आउँदो आर्थिक वर्षको लागि शिक्षामा १ खर्ब ७१ अर्ब ७१ करोड विनियोजन गरेको जानकारी दिनुभयो । यो पोहोरकोभन्दा ८ अर्ब ७१ करोडले बढी हो । पोहोर सरकारले शिक्षाका लागि १ खर्ब ६३ अर्ब छुट्याएको थियो । यस्तै यो वर्ष पनि छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड, दिवा खाजा विस्तार लगायतका पुराना कार्यक्रमलाई नै निरन्तरता दिएको छ । यस्तै सरकारले शैक्षिक सत्रको सुरुमै विद्यार्थीलाई पाठ्यपुस्तक पु¥याउन २ अर्ब ७६ करोड विनियोजन गरेको छ ।

पर्यटन व्यवसायीको आयकरमा २० प्रतिशत छुट

सरकारले पर्यटन व्यवसायीलाई आयकरमा २० प्रतिशत छुट दिने भएको छ । बजेट भाषणमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले कोरोनाले प्रभाव पारेको पर्यटन क्षेत्रका व्यवसायीहरुलाई चालु आर्थिक वर्षको आयकरमा २० प्रतिशत छुट दिने बताउनुभयो । खतिवडाले हवाई सेवा, होटल, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवयासीलाई आर्थिक वर्ष २०७६र७७ को आय विवरण अनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिइने बताउनुभयो ।

सञ्चारमाध्यम

सरकारले रेडियोमा रोयल्टी छुट र अनलाइनलाई लोककल्याणकारी विज्ञापन दिने भएको छ । आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री युवराज खतिवडाले सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमलाई पनि उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

यस्तै सरकारले नेपाल टेलिभिजनको क्षमता विस्तार गरी अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने घोषणा गरेको छ । यस्तै साइबर सुरक्षा केन्द्र स्थापनाका लागि सम्भाव्यता केन्द्र स्थापना हुने भएको छ । सरकारले आफ्नै स्याटलाइटको व्यवस्था गर्ने भएको छ ।

यसैबीच सरकारले सूचना प्रविधिमा आधारित उद्योगको व्यवस्थापन गर्ने भएको छ । डिजिटल फ्रेमवर्कमार्फत सबै पालिकामा आउँदो आर्थिक वर्षभित्र भरपर्दो इन्टरनेट सुविधा उपलब्ध गराउने पनि सरकारले घोषणा गरेको छ । यस्तै सरकारले सबै प्रदेशमा सञ्चार ग्राम बनाउने घोषणा गरेको छ ।

आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अनुमान

सरकारले आउँदो आर्थिक वर्ष २०७७र७८ मा ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । कोरोनाको कारण सबैजसो क्षेत्र प्रभावित हुने भएपनि सरकारले बजेटमार्फत आउँदो आर्थिक वर्षको लागि ७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको हो ।

चालु आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशतको वृद्धिको लक्ष्य लिइएकोमा त्यसलाई घटाएर २ दशमलव ३ प्रतिशतमा झारिएको छ । भूकम्पपछिका ३ वर्षमा सरकारले लगातार झण्डै ७ प्रतिशतको दरले आर्थिक वृद्धिदर हासिल गरिरहेको छ । तर आउँदो आर्थिक वर्ष भने कोरोना भाइरसको कारण वृद्धिदर नकारात्मक हुनेसम्मको प्रक्षेपण भइरहेको छ । तर अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षणमा २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर हुने उल्लेख छ ।

८ अर्ब ८९ अर्ब राजस्व उठाइने

आउँदो आर्थिक वर्षको १४ खर्ब ७४ अर्ब रुपैयाँको स्रोत जुटाउन सरकारले ८ खर्ब ८९ अर्ब ६२ रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । राजश्वबाट अपुग रकमको लागि वैदेशिक सहायता र ऋण उठाइने आउँदो आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेटमा उल्लेख छ ।

सरकारले ६० अर्ब ५२ करोड रुपैयाँ वैदेशिक अनुदान आउने अनुमान गरेको छ । बजेट कार्यान्वयन गर्न अपुग हुने ५ खर्ब २४ रुपैयाँमध्ये वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब र २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने बजेटमा उल्लेख छ ।

कर्मचारीको अतिरिक्त भत्ता कटौती

सरकारले कोरोना नियन्त्रणको लागि खर्च कटौती गर्ने भएको छ । बजेटमार्फत कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मतलगायतका खर्चमा उल्लेख बजेट कटौती भएको अर्थमन्त्री डाक्टर खतिवडाले जानकारी दिनुभयो ।

उहाँले कोरोनाको उपचार र रोकथाममा खटिनेबाहेक चिकित्सक, स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवकबाहेक अरुलाई दिइने प्रोत्साहन, जोखिम, अतिरिक्त समय भत्ता, खाना, खाना भत्तालगायतका भत्ता खारेज हुने भएका छन् । अत्यावश्यक सेवा दिने कार्यालयका बाहेकका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ती रोक्का भएको छ ।

कोरोनाका बेला काममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता

सरकारले कोरोनाको जोखिमका बेला ुफ्रण्टलाइनुमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । यसका लागि नयाँ आर्थिक वर्षमा बजेट विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

यस्तै निजी आवास निर्माण र छोराछोरीलाई अध्ययन गर्न सहुलितय दरको ऋणको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी आउँदो आर्थिक वर्षमा कर्मचारीको १ लाखसम्मको कोरानो बीमा निःशुल्क गर्ने व्यवस्था पनि सरकारले गर्ने उहाँले जानकारी दिनुभयो ।

भूकम्पपछिको पुनर्निर्माणको काम सक्न ५५ अर्ब रुपैयाँ

सरकारले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सक्न ५५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले घर, विद्यालयसहित सरकारी भवन तथा अन्य पूर्वाधारका काम आउँदो आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने बताउनुभयो ।

त्यस्तै धरहरा, रानीपोखरीसहित सम्पदा पुनर्निर्माणको काम पनि आउँदो आर्थिक वर्षमा सक्ने उहाँले बताउनुभयो । अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनर्निर्माणका धेरैजसो काम सम्पन्न हुने चरणमा रहेको पनि बताउनुभएको छ ।

३ राजमार्ग बनाउन १८ अर्बभन्दा बढी विनियोजन

सरकारले तीन वटा ठूला राजमार्गका लागि १८ अर्बभन्दा धेरै बजेट विनियोजन गरेको छ । पुष्पलाल राजमार्गको काम ३ वर्षमा सक्नेगरी ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

हुलाकी राजमार्ग ३ वर्षमा सक्नेगरी ७ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै मदन भण्डारी राजमार्ग निर्माणका लागि ५ वर्ष ३ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तार गर्न १९ अर्ब ४२ करोड

सरकारले आउँदो आर्थिक वर्ष अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तारका लागि १९ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन बनाउने र सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।

त्रिभुवन विमानस्थल विस्तार र स्तरोन्नति तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि पनि बजेट विनियोजन भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्षेत्रमा बस्ती स्थानान्तरण र परिपथको लागि पनि बजेट विनियोजन भएको छ ।

कोरोना बीमाको आधा रकम सरकारले ब्यहोर्ने

सरकारले एक लाख रुपैयाँसम्मको कोरोना बीमा गर्दा लाग्ने रकमको आधा ब्यहोर्ने भएको छ । सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले १ लाख रुपैयाँसम्मको कोरोना बीमा गर्दा तिर्नुपर्ने प्रिमियमको आधा रकम सरकारले ब्यहोर्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।

तर यो व्यवस्था आउँदो साउनदेखि मात्र लागु हुनेछ । अहिले १ लाख रुपैयाँको कोरोना बीमा गर्दा एक जनाको वार्षिक १ हजार र पारिवारिक बीमा गर्दा १ लाख रुपैयाँको प्रतिव्यक्ति ६ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ ।

कर्मचारी र सुरक्षा निकायको पोसाक देशमै उत्पादन गरिने

सरकारले सरकारी कर्मचारीको पोसाक र अन्य उपभोग्य सामग्री देशमै उत्पादन गर्ने भएको छ । आउँदो आर्थिक वर्षको बजेटमा सुरक्षाकर्मीसहित राष्ट्रसेवक कर्मचारीको पोसाक र खाना नेपालमै उत्पादन गर्ने उल्लेख भएको छ ।

केही सयमअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका पोसाक र खाना देशमै उत्पादन गरिने बताउनुभएको थियो ।

उखु उत्पादनको क्षेत्रमा ९५ करोड रुपैयाँ विनियोजन

सरकारले उखु उत्पादनको क्षेत्रमा ९५ करोड रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय संसदमा बजेट प्रस्तुत गर्नुहुँदै डाक्टर युवराज खतिवडाले उखु उत्पादनको लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति विकासका बजेट विनियोजन गरिएको हो ।

यस्तै सरकारले स्थानीय मौलिक खाद्यान्नबारे अनुसन्धान गर्ने भएको छ ।

शिक्षा क्षेत्रमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन

सरकारले आउँदो आर्थिक वर्षको लागि शिक्षा क्षेत्रमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आधारभूत शिक्षामा सबैको पहुँचको लागि यो बजेट छुट्याइएको अर्थमन्त्री डाक्टर युवराज खडिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान घोषणा गरेर आउँदो आर्थिक वर्षमा नेपाललाई साक्षर घोषणा गर्ने सरकारले घोषणा गरेको छ । सामुदायिक विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीलाई दिने गरिएको दिवा खाजाको व्यवस्था सबै जिल्लामा विस्तार गरिने पनि अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । यसबाट २८ लाख बालबालिकाका लाभान्वित हुनेछन् ।

३ सय पालिकामा भूमि बैंक स्थापना गरिने

सरकारले आउँदो आर्थिक वर्षमा तीन सय पालिकामा भूमि बैंक स्थापना गर्ने भएको छ । बाँकी पालिकाहरुमा पनि यो प्रणाली बिस्तारै विस्तार गर्दै लैजाने अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले सरकारी स्वामित्व बाहेकका जग्गालाई निश्चित समयका लागि लिजमा दिने गरी भूमि बैंकको स्थापना गर्न लागिएको बताउनुभयो । त्यस्ता जग्गामा कृषि गर्नेका लागि कृषि सामग्रीमा सहुलिय दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । त्यसका लागि सरकारले आउँदो आर्थिक वर्षका लागि सामग्रीमा सहुलियत दिन ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै महिलाको नाममा जग्गाको स्वामित्व हस्तान्तरण गर्दा थप सहुलियतको व्यवस्था गरिने भएको छ । मुक्त कमैया, सुकुम्बासीलगायतका लागि जीविकोपार्जनसम्बन्धी कार्यक्रम ल्याइने पनि मन्त्री खतिवडाले बताउनुभयो ।

कृषि क्षेत्रका लागि ४१ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन

सरकारले कृषि क्षेत्रका लागि ४१ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट चालु आर्थिक वर्षको बजेटभन्दा ७ अर्ब रुपैयाँ धेरै हो । बजेट सार्वजनिक गर्दे अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर ७ अर्ब रुपैयाँ बढाएर ४१ अर्ब ४० करोड रुपैयाँ पुर्याइएको बताउनुभएको छ ।

यस्तै सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई संघ, प्रदेश र पालिकामार्फत परिचालन गर्ने नीति लिएको छ । यस्तै, अनुदानको मल खरिदका लागि बजेटले ११ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ ।

खानेपानी तथा सरसफाइको लागि ४३ अर्ब १० करोड

सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयको लागि आगामी वर्षको बजेटमा ४३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत खानेपानी सेवा पुर्‍याउने र आगामी वर्ष ९४ प्रतिशतलाई यस्तो सेवा पुर्‍याउने बजेटमा उल्लेख छ । मेलम्ची आयोजना यसै आर्थिक वर्षभित्र काठमाण्डौ ल्याउने र दोस्रो चरणको कामको लागि पाँच अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ ।

काठमाण्डौ उपत्यका खानेपानी तथा ढल विकासको लागि पाँच अर्ब ८९ रुपैयाँ विनियोजन भएको छ । खानेपानी योजना मर्मत गर्न तीन अर्ब रुपैयाँभन्दा धेरै विनियोजन भएको छ ।

आउँदो आर्थिक वर्ष १३ सय मेगावाट बिजुली उत्पादन

सरकारले आउँदो आर्थिक वर्ष १३ सय मेगावाट बिजुली उत्पादन गर्ने जनाएको छ ।

आउँदो वर्षको बजेटमा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो साञ्जेन, मध्य भोटेकोसीलगायतका नेपाल विद्युत प्राधिकरणले बनाइरहेका आयोजना र नीजि क्षेत्रले बनाएका आयोजनाबाट १३ सय मेगावाट बिजुली उत्पादन हुने आउँदो आर्थिक वर्षको लागि प्रस्तुत बजेटमा उल्लेख छ । आउँदो वर्ष सरकारले विद्युत निर्यात गर्ने लक्ष्य लिएको छ ।


प्रकाशित : २०७७ जेष्ठ १६, शुक्रबार ०१:३६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

भर्खरै

  • नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

  • के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech