
लुदअ जेठ १६, सुर्खेत
कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रदेशसभामा पेश गर्दैछ। कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभामा आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। सरकारले आगामी असार १ मा करिब ३३ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।
गत वर्षभन्दा केही घटेर बजेट ल्याउने तयारी गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए। उनका अनुसार आगामी बजेट विशेषगरी स्वास्थ्य र उत्पादनमा केन्द्रित गरिने छ। अघिल्लो वर्षजस्तो धेरै स्रोत समेत नभएकाले यो वर्ष सरकारले घटेर बजेट ल्याउन लागेको जनाइएको छ।

