बालाजुमा सवारी दुर्घट्ना : २ जनाको ज्यान गयो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ जेठ १६, काठमाण्डौ
काठमाण्डौको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो । मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रकाशित : २०७७ जेष्ठ १६, शुक्रबार ०२:४४