क्वरेण्टीनमै शिशुको जन्म

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ जेठ १७, दैलेख
ठाँटीकाँध गाउँपालिका(२ जौंचरकी २२ वर्षीया मीना बिकले शनिबार क्वरेण्टीनमा एक शिशुलाई जन्म दिनुभएको छ ।

ठाँटीकाँध गाउँपालिका(२ को जनता प्रावि, टम्टला क्वरेण्टीनमा उहाँले पहिलो सन्तान छोरीलाई जन्म दिनुभएको वडाध्यक्ष रूपलाल बिकले जानकारी दिनुभयो ।
सुत्केरी मीना र नवजात शिशुको स्वास्थ्य रेखदेखका लागि लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

तीन वर्ष अघि विवाह गर्नुभएकी मीना उहाँ श्रीमान् मनबहादुर बिक भारतको पौडीगढवालबाट १४ गते ठाँटीकाँध आइपुग्नुभएको हो ।

नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य राम्रो रहेको र उहाँहरुको पीसीआर जाँच्न बाँकी रहेकोे स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मीकुमारी रावत बुढाले जानकारी दिनुभयो ।


प्रकाशित : २०७७ जेष्ठ १७, शनिबार ०४:०६