कपिलबस्तु, जेठ १७ ।
कपिलबस्तुमा आज थप ७७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै कपिलबस्तु जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।
जस अनुसार महाराजगन्जमा ३३, यशोधरामा २८ ,कृष्णनगरमा १६ जना सहित थपिएका हुन् । महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष रहेका छन ।
कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुष रहेका छन भने यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका २६ जना पुरुष र १९,२५ बर्षीय दुई जना महिला रहेका छन ।