रुकुम घटना बारे सत्य तथ्य छानविन गर्न नेविसंघ सिटिईभिटी प्रदेश ५ समितिको माग

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, जेठ १८

रुकुम पश्चिमको चौरजहारी हत्या घटनाको सत्य तथ्य छानविन गर्न नेविसंघ सिटिईभिटी प्रदेश ५ समितिले जोडदार माग गरेको छ । जाजरकोटका जाजरकोटका नवराज विक र रुकुम–पश्चिमकी मल्ल थरकी युवतीबीचको प्रेम सम्बन्धको कारण नवराज सहित उनका ४ जना साथीको हत्या भएको भन्दै हत्यारालाई कडा भन्दा कडा कारवाहीको माग गरिएको हो ।

प्रदेश अध्यक्ष विशाल आचार्य र सचिव सुवाश पौडेलले पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनाले एकाइसैं सताब्दीमा पनि जातिय विभेदका घटना हुनु खेद जनक रहेको बताए । उक्त घटनामा मानवीय संवेदना मरिसकेको देखाउँछ ।

राजनैतिक परिवर्तनसँगै देशको नयाँ संबिधानले जात जातिको आधारमा कसैलाई भेदभाव र छुवाछुट गर्ने काम कानुनतः दण्डनीय मानेता पनि जातिको आधारमा हुने हिंसात्मक घटनामा कमी आउन नसकेको भन्दै सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गरिएको छ ।


प्रकाशित : २०७७ जेष्ठ १८, आईतवार ०२:३२