मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका ७ बर्षिय बालकको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ १८ जेष्ठ, डडेल्धुरा
डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका अन्दाजी ७ वर्षीय बालकको मृत्यु भएको छ ।

डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएका जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ७ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमाबुबासँगै भारतको मुम्बईबाट शनिबार मात्र फर्किएर क्वारेन्टाईनमा बसेका बालकको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

बालकको स्वास्थ्यमा समस्या आएको खबर पाउने बितिकै उपचारका लागि डडेल्धुरा अस्पताल लगिए पनि बाटोमै उनको मृत्यु भएको थियो ।

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुगाउनु अघि नै मृत्यु भईसकेको जानकारी दिए ।

मुम्बई स्थित एक अस्पतालमा मलेरिया रोगको उपचार गराइरहेका उनी शनिवार डडेल्धुरा पुगेर क्वारेन्टाईनमा रहेका बालक एकाएक समस्या आएपछि थप उपचारका लागि अस्पताल लैजादा बाटो मै मृत्यु भएको अस्पतालले जनाएको हो ।


प्रकाशित : २०७७ जेष्ठ १८, आईतवार ०४:२९