ब्रेकिङ : बाँकेमा गाडी दुर्घटना, ११ जनाको ज्यान गयो, २२ घाइते

[sharethis-inline-buttons]

लुदअ जेठ १९, बाँके
बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्ती सोनारी २ मा दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।


प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार ०१:४४