समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि निर्घात कुटपिट गरिएको छ । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको जानकारी दिइएको छ ।युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ...

बैंकहरूले बढाए ब्याजदर

काठमाडौं,आश्विन २ कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २  ...

एशियन कंक्रिटो : १५०० मजदुरले गर्ने काम उपकरणको प्रयोग गरी २५ जनाले

चितवन ,आश्विन २ मानवीय...

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकासँग नेपाल पराजित

काठमाडौं,आश्विन २ आईसीसी विश्वकप...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय […]

Arv

l

(अपडेट) बाँके दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

लुदअ १९ जेठ, काठमाडौं
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् ।

भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी गएराति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर हृदयश सापकोटाले जानकारी दिए ।

ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा गाडी तीव्र गतिमा भएकाले अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको इन्सपेक्टर सापकोटाले बताए ।

मृतक ११ पुरुष र एक महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन । सुरुमा सल्यानका मानिसहरु गाडीमा रहेको भनिए पनि पछि सो गाडीमा दाङ र रोल्पाका मानिसहरु पनि पाइएको इन्सपेक्टर सापकोटाले बताए । उनले भने, ‘सनाखत गर्ने क्रम चलिरहेको छ । टिकट काटेर गाडी चढेको जस्तो भए सनाखत गर्न छिटो हुने थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: