नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ८ सय ११ पुग्यो, २ सय २२ जना निको

[sharethis-inline-buttons]

लुदअ जेठ २०, काठमाण्डौ
नेपालमा सोमबार थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका सात, रुपन्देही र पाल्पामा दुईरदुई तथा नवलपरासी र गुल्मीमा एकरएक जना गरी १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ११ पुगेको छ । यसअघि दिउँसोमात्रै दुई सय २६ जनामा कोरोना पुष्टि भएको थियो ।

सोमबार एक जना डिस्चार्ज भएसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई सय २२ पुगेको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ ।


प्रकाशित : २०७७ जेष्ठ २०, मंगलवार ०१:३४