ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

पत्रकारलाई पेसाबाट विस्थापित नगराउन महासङ्घको ध्यानाकर्षण

लुम्बिनी दर्पण २०७७ जेष्ठ २०, मंगलवार ०१:४०
[sharethis-inline-buttons]

लुदअ जेठ २०, काठमाण्डौ
नेपाल पत्रकार महासङ्घले पत्रकारहरुलाई जबर्जस्ती कामबाट नहटाउन, पारिश्रमिक कटौती नगर्न र बाँकी रहेको तलब तत्काल भुक्तानी गर्न ध्यानाकर्षण गराएको छ ।

महासङ्घको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको बैठकले श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने, जबर्जस्ती कामबाट हटाउने, पारिश्रमिक घटाउने लगायत काम भइरहेको पाइएकाले यस्ता काम तत्काल रोक्न सरकार, मिडिया सञ्चालक र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको हो ।

बैठकले बाँकी रहेको तलब तत्काल भुक्तान गर्न, पत्रकारलाई जबर्जस्ती जागिरबाट नहटाउन, तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती नगर्न तथा पत्रकारलाई पेसाबाट विस्थापित नहुने वातावरण सुनिश्चित गर्न ध्यानाकर्षण गराएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

महासङ्घले काठमाण्डौका ४६ वटा सञ्चारमाध्यममा गरेको अनुगमनमा लकडाउनको कारण श्रमजीवी पत्रकारको अवस्था जटिल बन्दै गएको पाएको हो ।

अनुमगमनबाट धेरैजसो सञ्चारमाध्यममा पत्रकारहरुले पारिश्रमिक नपाएको, बेतलबी बिदामा राखेको र जसले गर्दा श्रमजीवी पत्रकारको अवस्था जटिल बन्दै गएको पाइएको महासचिव विष्टले जानकारी दिनुभयो ।

अनुगमनबाट कतिपय सञ्चारमाध्यममा पाँच महिनादेखि पत्रकारले तलब नपाएको र कोरोनाका बेलामा यसैलाई बहाना बनाएर तलब कटौती गर्ने, बेतलबी बिदामा राख्ने गरेको पाइएको छ ।

विशेष गरी ठूला सञ्चार गृहमा कार्यरत पत्रकार नै बढी मात्रामा समस्यामा परेको, कतिपय सञ्चार गृहमा व्यवस्थापन पक्षले नियमित पारिश्रमिक नदिएको कारण दैनिक गुजारा गर्न कठिनाइ देखिएको र श्रमको मूल्य नपाएका कारण पत्रकारहरु प्रताडित बनेको पाइएको महासचिव विष्टले जानकारी दिनुभयो ।

महासङ्घले श्रमजीवी पत्रकारको हकहित र अधिकारको पक्षमा निरन्तर दबाबमूलक र कानुनी सङ्घर्ष अघि बढाउने निर्णय गरेको छ ।

यस्तै नयाँ बजेटले सङ्कट र जोखिमपूर्ण अवस्थामा अग्रभागमा रहेर जनतालाई सुसूचित गर्ने दायित्व निर्वाह गरिरहेका सञ्चारकर्मी र सञ्चारमाध्यमका प्रमुख समस्या समाधानको लागि सम्बोधन गर्न नसकेको महासङ्घको निष्कर्ष छ ।

महासङ्घले यही वैशाख १८ गते सञ्चार मन्त्रालयमा पेस गरेको पत्रकार र सञ्चारमाध्यमका लागि राहत प्याकेज, सञ्चार साधन र विद्युत महशुलमा छुट, समानुपातिक विज्ञापन वितरण, श्रमजीवी पत्रकारको पेसागत र भौतिक सुरक्षा एवम् वृत्ति विकाससँग सम्बन्धित विषयहरु नसमेटिएकाले ती विषयहरु तत्काल सम्बोधन गर्न महासङ्घले माग गरेको छ ।

महासङ्घले यसअघि उठाउँदै आएका सञ्चारसंस्थाको नवीकरण र रोयल्टीमा छुट, अनलाइन सञ्चारमाध्यममा लोककल्याणकारी विज्ञापन प्रवाह, प्रदेशस्तरमा सञ्चार ग्रामको स्थापनाजस्ता बजेटमा समेटिएका विषय सकारात्मक भएको निष्कर्ष निकालेको छ ।

कोरोनाको कारण आर्थिक रुपमा सङ्कट बेहोरिरहेका र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेका सञ्चार गृहहरुलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन महासङ्घले सरकारसँग आग्रह गरेको छ ।


प्रकाशित : २०७७ जेष्ठ २०, मंगलवार ०१:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech