यसरी भएको थियो पण्डितको हत्या एक घाईते ः विस्तृतमा

लुदअ कपिलवस्तु, २१ जेष्ठ

कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरमा एक पण्डितको कोदालो प्रहार बाट ज्यान गएको छ । स्थानीय ५७ वर्षीय श्याम नारायण तिवारीलाई बाणगंगा ५ कोपवा बस्ने रामलौटन चौधरीले कोदालो प्रहार गरी हत्या गरिएको स्थानीयले बताएका छन् ।
चौधरीले स्थानिय एक युवकलाई घाईते समेत बनाएका छन् । विवाद छुट्याउने क्रममा स्थानिय ४० वर्षिया दिपक पाण्डेलाई समेत हानेको र उनको सामुदायिक अस्पतालमा उपचार भैरहेको बताईएको छ ।

हिजो साझ करिव ९ बजेको समयमा हरनापुर स्थित नहर छेउमा झगडा भएको र पण्डित तिवारी भागेपछी चौधरीले तिवारीलाई लखेटेर करिव १ सय मिटर पश्चिम खेतमा लगेर हत्या गरेको स्थानियले बताए ।

कोदालो प्रहार गर्ने चौधरीलाई स्थानियले पक्राउ गरि बानेर राखेका थिए । शवको पोष्ट मार्टमको लागि तौलिहवा अस्पतालमा लगिएको छ । भने हत्यारालाई आवश्यक कार्वाहिका लागि इलाका प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ । मृतक तिवारीको बांया आंखा किनारमा चोट छ । यसै गरी घांटी निर काटिएको अवस्थामा शव रहेको प्रहरीले जनाएको छ ।
आपसी लेनदेनका विषयमा झगडा हुंदा घटना घटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तिवारी अपाङ्ग व्यातिm हुन भने उनले स्थानिय स्तरमा पण्डितको काम गरि जिविर्को पार्जन गर्दै आएको र आफ्न्त सवै भारतमा रहेको स्थानियले बताए ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *