न उचित खाना नत बास : मापदण्ड विपरीतका क्वारेन्टाइनबाटै संक्रमण फैलने चिन्ता

ByLumbini Darpan Online

२३ जेष्ठ २०७७, शुक्रबार ०४:२४ २३ जेष्ठ २०७७, शुक्रबार ०४:२४ २३ जेष्ठ २०७७, शुक्रबार ०४:२४

लुदअ २३ जेष्ठ, कैलाली
सुदुरपश्चिमको धनगढीमा वैदेशिक रोजगारीबाट पर्किएका नेपाली राख्न निर्माण गरिएका क्वारेन्टाइन मापदण्ड विपरीत निर्माण भएका छन् ।

अधिकांश सामुदायिक विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइन मापदण्ड अनुसार नबन्दा रोगको सक्रमण फैलिने चिन्ता बढ्न थालेको छ ।

कोरोना भाइरसको जोखिमयुक्त क्षेत्रबाट फर्किएकाहरुलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्न संघीय सरकारले छुट्टै मापदण्ड तयार गरी प्रदेश र स्थानीय सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

उक्त मापदण्ड अनुसार क्वारेन्टाइन नबन्दा सुदूरपश्चिममा भारतबाट फर्किएका नागरिक कोरोनाको त्रासमा दिन बिताइ रहेका छन् ।

नेपाली सीमामा पुग्ने बेलासम्म सुरक्षित पुगे पनि सीमादेखि क्वारेन्टाइनको बसाइका कारण जोखिम बढी भएको भारतको हरियणाबाट आएका बबर धानुकको भनाइ छ ।

क्वारेन्टाइनमा बसेकाहरुले स्थानीय सरकारबाट कुनै पनि सहयोग नपाएको गुनासो गरेका छन् ।

नजिक घर भएका कारण उनीहरु सबैको खाना घरबाटै आउने गरेको भएपनि विद्यालयको कोठाभित्र बस्नका लागि आवश्यक पर्ने कपडा उपलब्ध नभएको बताइएको छ ।

कोठा अभाव भएका कारण सामाजिक दुरी पनि कायम नगरिएको धनगढी उपमहानपालिका –१ का रमेश पार्कीको गुनासो छ ।

क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य परीक्षण, खानपान तथा बस्न उचित व्यवस्था, आवश्यक स्वास्थ्य सामग्री मास्क, सेनिटाइजरको उपलब्धता, समाजिक दुरी कायम र नियमित निगरानीको अभावका कारण क्वारेन्टाइनबाटै संक्रमण फैलिने खतरा बढेको छ ।

तर मापदण्ड अनुसार नै व्यवस्थापन गरेको धनगढी उप–महानगरपालिकाका क्वारेन्टाइन व्यवस्थापनका संयोजक अध्यक्ष नारायण बरालले दावी गर्छन् ।

भारतबाट फर्किएकाहरुलाई राखिएको क्वारेन्टाइनमा उनीहरुलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराउन धनगढीका स्थानीय सरकार उदासिन बनेको आरोप लागेको छ ।

यसतर्फ स्थानीय सरकारले ध्यान दिनु आवश्यक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *