हरि आचार्य अर्घाखाँची, जेठ २५
भारत तथा तेसा्रे मुलुकबाट आई समुदायमा कोरोना संक्रमण नफैलियोस भन्ने उद्देश्यले क्वारेन्टीनमा रहेकाहरु लाई शितगंगा दुग्ध उत्पादन तथा बिक्री सहकारी सस्थाद्धारा नास्थाको ब्यवस्था गरिएको छ ।
समितिका अध्यक्ष तथा मकल दुध डेरीका प्रोप्राईटर कमल आचार्य सहितको समुहले शितगंगा नगरपालिका ३ र ४ का १० वटा बिद्यालयमा रहेका क्वारेन्टिनमा पुगि १ सय २० जनालाई आफुहरुले नै तयार गरि खिरको ब्यवस्था गरेको हो ।
अध्यक्ष कमल आचार्यले क्रमश नगरपालिका भरी क्वारेन्टीनमा रहेकालाई नास्ताको ब्यवस्थापन गर्ने योजना रहेको बताए । उनले क्वारेन्टीनमा नास्ता तथा पानीको समेत ब्यवस्थापन नभएको गुनासो आएपछि आफुहरु त्यहाँ पुगि नास्ता उपलब्ध गराएको बताए ।
नगरपालिकाले ब्यवस्था गरेको बिहान बेलुकाको खानाको व्यबस्था गरेको छ ।