डोटीको क्वरेन्टीनमा १ युवकको ज्यान गयो, स्वाब संकलन गरिंदै

[sharethis-inline-buttons]

लुदअ जेठ २५, डोटी
डोटीको केआईसिंह गाउँपालिकाको धिमे माध्यमिक विद्यालय वाइलमा निर्माण गरिएको क्वरेन्टीनमा बसेका एक युवकको ज्यान गएको छ ।

केआईसिंह गाउँपालिकाको वडा नम्बर ३ का १९ वर्षीय युवकको आइतबार बिहान ज्यान गएको हो । उनी जेठ २० गते भारतबाट आएर क्वरेन्टीनमा बसेका थिए ।

ज्यान गुमाएका युवकमा कोरोना भए नभएकोबारे परीक्षणका लागि स्वाबको नमुना संकलन गर्न चिकित्सक टोली क्वरेन्टीनमा पुगेको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित : २०७७ जेष्ठ २५, आईतवार ०४:२८