क्वारेन्टीनमा रहेकालाई खाजा खुवाउदै शितगंगा दुग्ध सहकारी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिलवस्तु, जेठ २६
अर्घाखाँचीको शितगंगा नगरपालिकाका क्वारेन्टीनमा विभिन्न संघ संस्था तथा युवा तथा स्थानियहरुले खाजा नास्ताको ब्यवस्था गरिरहेका छन्। सुरुवातको समयमा बस्नेहरुमा समस्या रहे पनि अहिले भने हरेक क्वारेन्टीनमा त्यो समस्या रहेको पाइएको छैन ।

स्थानियहरुकै पहलमा हरेक दिन खाजा नास्ताको ब्यवस्थापन गरिएको छ । वडा नम्बर १ तथा २ मा नियमित रुपमा त्यहाकै युवाहरुको सक्रियतामा खाजा नास्ता बितरण भएको छ । सोहि क्रममा क्वारेन्टीनमा रहेका नागरिकहरुलाई शितगंगा दुग्ध उत्पादन तथा बिक्री बितरण सहकारी संंस्थाले खाजको व्यबस्था गरिरहेको छ । वडा नं.३, ४ र १२ का क्वारेन्टीनमा पुगी त्यहा रहेकालाई खिर खुवाईएको संस्थाका अध्यक्ष आचार्यले बताए । खाजा प्रदान गरेसंगै क्वारेन्टीनमा रहेकाहरुले संस्थालाई धन्यवाद दिदै खुसी व्यक्त गरेका थिए ।

नगरपालिकाका विभिन्न वडामा पुगि क्वारेन्टिाइनमा रहेकालाई खिरको ब्यवस्थापन गरेको हो । संस्थाका अध्यक्ष तथा कमल दुध डेरीका प्रोप्राईटर कमल आचार्य, ओम प्रकास पोखरेल, केशव बेल्बासे लगायतले बिभिन्न क्वारेन्टीनमा पुगि नास्ता बितरण गरेका हुन् । सहकारीले नगरपालिकाका सम्पुर्ण क्वारेन्टीनमा नास्ताको ब्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताए ।


प्रकाशित : २०७७ जेष्ठ २६, सोमबार ०५:४२