लुदस
लकडाउनको बेला जागिर खोसेर कामबिहीन बनाइएका एक सफाई कर्मचारीले आत्मदाह गरेका छन् । अछामको बयालपाटा अस्पतालबाट हटाइका साँफेबगर नगरपालिका–६ का २७ वर्षीय सिद्धार्थ आउजीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्महत्या गरेका हुन् ।
अस्पताल परिसरमै आफ्नो शरीरमा आगो लगाएका उनलाई गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि हेलिकप्टरबाट कोहलपुर लगिएको थियो । आउजीको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको जानकारी आएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादबले जानकारी दिनुभयो ।
अस्पतालले कामबाट निकालेर महामारीकै समयमा परिवारको रोजीरोटी बन्द भएपछि आउजीले सोमबार बिहान बयालपाटा अस्पताल परिसरमा आफ्नो शरीरमा आगो लगाएका थिए ।
आउजी अस्पतालमा ढेड वर्षदेखि सरसफाई कर्मचारीको रुपमा कार्यरत थिए । दुई महिना अगाडि नै अस्पतालले आर्थिक संकट परेको भन्दै उनीसहित ३३ जना कर्मचारीलाई कामबाट हटाएको थियो ।