शितंगंगा १३ मा औद्योगिक ग्राम स्थापना हुने, डिपिआरको काम सुरु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिलवस्तु, जेठ २७
प्रदेश ५ सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०७७÷७८ को निती तथा कार्यक्रममा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई पनि समेटिएको छ । शितगंगा नगरपालिका वडा नं. १३ का थाप्लेबारीमा औद्योगीक ग्राम स्थापना गर्ने प्रदेश सरकारको निती तथा कार्यक्रममा उल्लेख गरिएको वडाअध्यक्ष दुर्गा बहादुर विसीले जानकारी दिएका छन् ।

प्रदेश सांसद रामजी प्रसाद घिमिरेको विशेष पहल तथा नगर प्रमुख सुर्य प्रसाद अधिकारी, उप मेयर टिका रेश्मी र वडाअध्यक्ष दुर्गा बहादुर विसीको पहलमा उक्त औद्योगिक ग्राम स्थापना निती तथा कार्यक्रममा उल्लेख गरिएको हो ।

औद्योगिक ग्राम स्थापना गर्न लागि प्रदेश सरकारले डिपिआरका लागि १५ लाख छुट्याएको छ । डिपिआरको काम भईरहेको वडाअध्यक्ष विसीले बताए । उनले यसबाट सिंगो नगरपालिकाको पहिचान हुने बताउदे यहाँका स्रोत र साधनहरुको सदुपयोग हुने बताए ।


प्रकाशित : २०७७ जेष्ठ २७, मंगलवार ०१:३४