तिलोत्तमा हत्याकाण्डको प्रारम्भिक अनुसन्धान सार्वजनिक, सिंजालीले स्वीकार गरे हत्या अभियोग

[sharethis-inline-buttons]

लुदअ बुटवल, जेठ २९
पाँच जनाको हत्याको अधियोगमा पक्राउ गरेका झसेन्द्र सिंजालीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

उनलाई जिल्ला अदालत रुपन्देहीबाट कर्तब्य ज्यान मुद्दामा १ हप्ता म्याद थप गरि थप अनुसन्धान भैरहेको प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

आफ्नो चरित्र हत्या गरेको हुनाले उनीहरुको हत्या गरेको वयान सिंजालीले दिएको प्रहरीले जनाएको छ ।

पहिले लाठीले हानेर अचेत बनाएको र फरुवाले हानेर मारेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

साथै अभियुक्तले केही दिन अगाडी मुसा मार्ने विष समेत किनेको पनि प्रहरीले जनाएको छ ।

मंगलबार रूपन्देहीको तिलोत्तमा १० मैनहियास्थित कृष्णबहादु पुनको कृषि फर्ममा ५ जनाको हत्या भएको थियो ।

मृतकहरको शवलाई पोष्ट माटम पछि परिवारको जिम्मा लगाईएको प्रहरीले जानएको छ ।


प्रकाशित : २०७७ जेष्ठ २९, बिहीबार ०१:२३