Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

विपन्न र मजदुर परिवारको साहारा बन्दै, आदर्श जनकल्याण युवा क्लब

हरि आचार्य कपिलवस्तु, जेठ ३०

कोरोना भाईरस (कोभिड १९) का कारण लकडाउन घोषणा भए पछि विपन्न गरिवारलाई छाक टार्न गाह्रो भएको छ । साढे २ महिना भन्दा धेरै लकडाउन भएसंगै दैनिक रुपमा काम गरेर छाक टार्ने मजदुरको अवस्था दयनिय बनेको छ । यो विषम परिस्थितीको बेला विगत देखिनै सामाजिक कार्यमा सक्रिय बन्दै आईरहेको नुवाकोट स्थित आदर्श जनकल्याण युवा क्लब गरिव तथा मजदुर परिवारको साहारा बनेको छ ।

कोरोना महामारी पछिको लकडाउनका कारण समस्यामा परेका दुई सय ५२ परिवारलाई आदर्श जनकल्याण युवा क्लबले राहत वितरण गरी उनिहरुको साहारा बनेको हो । राहत पाएसंगै उनीहरुले क्लवलाई धन्यवाद दिदै खुसी व्यक्त गरेका थिए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले गर्दा जीवनयापन गर्न कठिन भइरहेको अवस्थामा विदुर नगरपालिका वडा नं. ७ का परिवारहरुलाई राहत वितरण गरिएको क्लवका उपाध्यक्ष नारायण प्याकुरेलले जानकारी दिए । स्वीस नागरिकको सहयोगमा नेपाल ड्रिम पाथ ट्रेक्सका सञ्चालक दामोदर प्याकुरेलले राहत सामाग्री उपलव्ध गराएको थियो । क्लवले प्रति परिवार १५ केजी चामल, १ पाकेट तेल, १ प्याकेट नुन र २ वटा साबुन प्रदान गरेको सचिव रामशरण प्याकुरेलले बताए ।

वडामा समस्यामा परेका नागरिकको समस्या समाधानका लागि क्लव निरन्तर रुपमा लाग्ने क्लबका अध्यक्ष भिमसेन बोगटीले बताए । उनले वडा भित्रका मात्र नभइ बिभिन्न जिल्लाबाट कामका लागि वडाभित्र रहेका मजदुरहरुलाई पनि राहत दिएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । २०५३ सालमा स्थापना भएको क्लवले निरन्तर रुपमा सामाजिक कार्यमा काम गरिरहेको छ ।

शिक्षा, स्वास्थ्य, मानवअधिकार, खेलकुल जस्ता प्रत्यक्ष रुपमा सर्वसाधारणसंग जोडिने बिषयमा क्लव आफ्नो काम गर्दै आएको छ । क्लवले २०७६ सालदेखि एम्वुलेन्स सञ्चालनमा पनि ल्याएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *