लुदअ कपिलवस्तु, असार ४
कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जिल्लाको शिवराज, बुद्धभूमि र वाणगंगामा गरी १० जनामा संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको नमुना परिक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
संक्रमित पुष्टि हुनेहरुमा शिवराज नगरपालिकामा १ महिला सहित ४ जना रहेका छन् । नगरपालिकाको वडा नं. २ की १९ बर्षीय १ युवती, वडा नं. ४ का ४० बर्षीय, वडा नं. ८ का ४५ बर्षीय, वडा नं. ९ का ३१ बर्षीय ३ जना पुरुष रहेका छन् । यस्तै बुद्धभूमि नगरपालिकामा १ जना महिला सहित ४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा वडा नं. ७ का १९, २२, २६ बर्षीय ३ जना पुरुष रहेका छन् भने वडा नं. ८ की १८ बर्षीय १ जना युवती रहेकी छन् ।
यसैगरी वाणगंगा नगरपालिकामा १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये वडा नं. ८ की ३१ बर्षीया महिला रहेकी छिन् भने वडा नं. ९ का ६० बर्षीय १ जना पुरुष रहेका छन् । असार ३ गते जिल्लामा १० जना नयाँ संक्रमित थपिए संगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका फोकल पर्सन कुमार थापाले बताए ।