रुकुम घटना : पक्राउ परेका सबैको बयान सकियो

[sharethis-inline-buttons]

लुदअ रुकुम पश्चिम, असार ५
गएको जेठ १० गते रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका प्रतिवादमध्ये पक्राउ परेका २९ जना सबैको बयान बिहीबार सकिएको छ ।

अधिवक्ता रामचन्द्र गौतमका अनुसार बिहीबार २९ जना प्रतिवादीको बयान सकिएको हो । सोती घटनामा ३४ जना प्रतिवादीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यसमा चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २९ जना पक्राउ परेका छन् ।

प्रतिवादीमध्ये ५ जना भने फरार छन् । यसअघि नै नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरी र अर्का एक बालकको समेत थुनछेक बहस पूरा भइ उनीहरूलाई बाल सुधारमा राख्न आदेश भइसकेको छ ।

तीबाहेक वडाध्यक्ष, केटीका अभिभावकसहित अन्य २७ जनाको शुक्रबारदेखि थुनछेक बहस हुने भएको छ । जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको ज्यान गएको थियो ।

जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको छ । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।


प्रकाशित : २०७७ असार ५, शुक्रबार ०१:३६