ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

संविधान संशोधन विधेयक प्रमाणीकरण, नयाँ नक्सालाई संवैधानिक मान्यता

लुम्बिनी दर्पण २०७७ असार ५, शुक्रबार ०२:१८
[sharethis-inline-buttons]

असार ४ , काठमाडौं ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।
प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय सभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो ।राष्ट्रिय सभाबाट पारित भई पुन: प्रतिनिधि सभामा पुगेको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाएका थिए ।सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद‍्बाट पास गरेको थियो ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।
प्रतिनिधि सभामा समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरा नेपालको हो भन्ने तथ्य र प्रमाण नपुग्ने भन्दै संशोधन विधेयक दर्ता गरेकी थिइन्, जसलाई सभामुख सापकोटाले अस्वीकृत गरिदिएका थिए ।
‘हामी इमोसनल भएका हौं ?’
नयाँ नक्सालाई संवैधानिक मान्यता दिने विषयमा संसदमा प्रतिनिधित्व गर्ने सत्तारुढ र विपक्षी दल एक ठाउँमा उभिए । बिहीबार राष्ट्रिय सभामा भएको छलफलमा पनि नेताहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको दाबी दोहोर्‍याए । नेताहरूले त्यसका विभिन्न प्रमाणसमेत सभामा प्रस्तुत गरेका छन् ।यद्यपि राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता राधेश्याम अधिकारीले सरकार भारतसँग वार्ताअघि नै कसरी नक्सालाई संवैधानिक मान्यता दिने निष्कर्षमा पुग्यो भनी प्रश्न उठाए ।‘के संसदबाट नक्सा पास भएपछि वार्ताको गुञ्जायस रहन्छ ? वार्ताको वातावरण बिग्रिएको हो वा बिगारिएको हो ? अनायास, अपर्झट आजको निर्णयमा पुगिएको हो ? के हामी वस्तुगत आधारभन्दा बढी इमोसलन भएका छौं ? नक्सा जारी हुँदैमा भूमिमाथिको हाम्रो भौतिक भोगाधिकार कायम हुन्छ ?’
अधिकारीले अब नेपालको मूल लक्ष्य कालापानीबाट भारतीय सेना फिर्ता गर्नु र त्यस क्षेत्रमा नेपालको नागरिक शासन कायम गर्न आवश्यक रहेको बताए । ‘अब नेपालको मूल लक्ष्य–कालापानीबाट भारतीय सेना फर्काएर नेपालको नागरिक शासन कायम गर्ने हो’ उनले भने ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले भारत वार्तामा बस्न तयार हुनुपर्ने बताए । बिहीबार राष्ट्रिय सभा बैठकमा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै नेता श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै भारत वार्ताका बस्न तयार हुनुपर्ने धारणा राखे ।‘हामी बारम्बार भनिरहेका छौं वार्तामा बसौं, वार्तामा बस्न आतुर छौं र लगातार प्रयत्न गरिरहेका छौं’ नेता श्रेष्ठले भने, ‘भारत वार्तामा बसेर समाधान गर्न तयार हुनुपर्छ।’
राष्ट्रिय सभामा नेकपाका नेता दिनानाथ शर्माले भारत असल छिमेकी भए नेपाललाई दार्जिलिङ, काँगडासम्मको भूभाग फिर्ता दिनुपर्ने बताए । ‘चेलीबेटीको नाता हो, डोलीबेटीको नाता हो भनेर भारतका नेताहरू भन्नुहुन्छ । यदि त्यसो हो भने सगौरव दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ र काँगडासम्मको भूभाग फिर्ता गरिदिनुपर्छ । यो तपाईंहरूको नासो हो, यो नासो बुझ्नुस् भनेर भन्नुपर्छ’ नेता शर्माले भनेका छन् ।राजपाका सांसद शेखरकुमार सिंह र समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले मधेसी जनता फ्रन्टलाइनका सीमारक्षक भएको बताएका छन् । ‘हामी त फ्रन्टलाइनका सिपाही हौं । बेलाबेला आफ्नो पहिचान दिएर आइसकेका छौं’ राष्ट्रिय सभा बैठकमा सांसद सिंहले भने ।समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले आन्तरिक राजनीतिक एजेन्डा आ-आफ्ना भए पनि राष्ट्र र राष्ट्रिय अखण्डताका विषयमा सबै राजनीतिक दल एकठाउँमा रहेको बताइन् ।
दीप प्रज्वलन गर्न आह्वान
राष्ट्रिय सभामा संशोधन विधेयकमाथि छलफमा उठेका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन भएको खुसियालीमा दीप प्रज्वलन गर्न सर्वसाधारणमा आग्रह गरेकी छन् ।उनले अब सीमा समस्याका विषयमा भारतसँग वार्ता हुने पनि बताइन् ।

‘हामीसँग तथ्य र प्रमाण धेरै छन् । प्रमाण भएकै आधारले हामीले हाम्रो भूभाग भनेका हौं’ उनले भनिन्, ‘अब तथ्य र पर्याप्त प्रमाणका आधारमा वार्ताको टेबुलमा बस्छौं । नेपाल सरकार वार्ता गर्दा कुनै पनि तथ्य र प्रमाणलाई नछोडी बस्छ ।’


प्रकाशित : २०७७ असार ५, शुक्रबार ०२:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech