अर्घाखाँचीमा लडेर २ जनाको मृत्यु

ByLumbini Darpan Online

६ असार २०७७, शनिबार ०१:४८ ६ असार २०७७, शनिबार ०१:४८ ६ असार २०७७, शनिबार ०१:४८

लुदअ असार ६, अर्घाखाँची
अर्घाखाँचीमा एक जना भीरबाट र अर्को एक जना भवनको छतबाट लडेर मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्वर ५ का ४९ बर्षीय मानबहादुर खत्री र सन्धिखर्क २ भलायडाँडाका वसन्त कुमालको लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए ।

कुमाल पाणेनी बहुमुखी क्याम्सको भवन निर्माणको काम गर्दा लडेर घाइते भएका थिए भने खत्री खेत रोपाईमा जाने क्रममा घरदेखि नजिकैको भीरबाट लडेर ५० मिटर तल खसेका थिए । दुवैको उपचारका क्रममा मृत्यु भएको डिएसपी बुढाथोकीको भनाइ छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *