कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

८ असार, कैलाली ।
कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक व्यक्तिको सोमबार मृत्यु भएको छ ।जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ७ का ३६ बर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनी बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टाइनबाट आइतबार मात्रै घर फर्किएका थिए ।उनलाई आइतबार आरडिटी विधिबाट परीक्षण गरी एन्टीबडी नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य शाखाकी प्रमुख जयन्ती बिसीले जानकारी दिइन् ।घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय लम्किको टोली पुगेको छ ।

‘हामी घटना स्थलमा पुगेका छौँ ’इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी ज्ञानेन्द्र चन्दले भने ‘क्वारेन्टिनबाट घर फर्किएका एक पुरुषको मृत्यु भएको छ । थप विवरण आउन बाँकी छ ।’भारतबाट आएका उनी १३ दिन क्वारेन्टाइनमा बसी आइतबार घर फर्किएको स्थानीयले बताए ।


प्रकाशित : २०७७ असार ८, सोमबार १५:०१