नागरिकताको ७ वर्षे प्रावधानविरुद्ध जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

[sharethis-inline-buttons]

८ असार, जनकपुरधाम ।
नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको विरोधमा सोमबार साँझ जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेपछि त्यसको भोलिपल्ट संसदको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा सहमति जुटाएको थियो ।

स्थानीय भानु चोकमा जम्मा भएका जनता समाजवादी पार्टी निकट महिला तथा युवाले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । पुत्ला जलाइसकेपछि आइपुगेको प्रहरीले पानी हालेर आगो निभाएको थियो ।पु्त्ला जलाउनुअघि जनता समाजवादी पार्टीका महिलाहरुले भानु चोकस्थित सडकमै जाम गरेर प्रधानमन्त्रीविरुद्व नाराबाजी गरेका थिए ।उनीहरुले ‘७ बर्षपछि दिइने अंगीकृत नागरिकता विधेयक खारेज गर, नेपाल–भारतबीचको रोटी–बेटी सम्बन्ध अमर रहुन्, प्रधानमन्त्री ओली मुर्दावाद’ सहितका नारा लगाएका थिए ।


प्रकाशित : २०७७ असार ८, सोमबार १५:१०