
लुदअ असार ९, बाँके
बाँकेमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१ गाभरमा कार दुर्घटनामा कार चालकसहित दुई जनाको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ आइरहेको बा १४ झ २७८९ नं।को कार अनियन्त्रित भई सडकको दाहिनेतर्फ खस्दा सडक छेउको रुखमा ठोकिएको ट्राफिक प्रहरीले जनाएको छ।दुर्घटनामा कार चालक भरतपुर महानगरपालिका–१२, चितवनका ४१ वर्षीय कमलराज लम्सालको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए।
कारमा सवार पूर्वीनवलपरासी कावासोती–८ का २२ वर्षीय क्षितिजराज कुँवर गम्भीर घाइते भएका थिए। उनको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो ४ः३० बजे मृत्यु भएको हो। तीव्र गतिमा रहेको र अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोकिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने। कारमा दुई जना मात्र सवार रहेको प्रहरीले जनाएको छ।

