चट्याङ लागेर २ जनाको ज्यान गयो

ByLumbini Darpan Online

११ असार २०७७, बिहीबार ०२:०५ ११ असार २०७७, बिहीबार ०२:०५ ११ असार २०७७, बिहीबार ०२:०५

लुदअ असार ११, मकवानपुर
मकवानपुरको बकैयामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

एक जना घाइते भएका छन् । गएराति चट्याङ लागेर बकैया–२ कालापानीका १७ वर्षकी सम्झना घिसिङ र २५ वर्षकी बिना घिसिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिनुभयो । सम्झनाको घरमै र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा ज्यान गएको हो ।

राति पानीसँगै परेको चट्याङ लागेर १४ वर्षका किरण जिम्वा घाइते भएका छन् । जिम्वाको दोभान स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *