पाल्पामा थप ३१ जनामा कोरोना,

[sharethis-inline-buttons]

११ असार, बुटवल ।
पाल्पामा बिहीबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जना संक्रमित थपिएका हुन् ।यसअघि भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाको निस्दी गाउँपालिकाका ९३ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाको बतासेस्थित साइन्स क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ४१, ३२ र ३२ वर्षका तीनजना पुरुषसहित ३१ जनामा कोरोना पुष्टि भएको हो । तानसेन नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । यस्तै पूर्वखोला गाउँपालिका–१ हेक्लाङस्थित जनमार्ग माध्यमिक विद्यालय र मदन–आश्रित आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २१ जना, रम्भा गाउँपालिकाका ६ जना र तिनाउ गाउँपालिकामा २० वर्षीय एकजना पुरुषमा कोरोना संक्रमण भएको पन्थीले बताए ।

उनीहरू २० देखि ६४ वर्ष उमेरका पुरूष हुन् । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ३७२ पुगेको छ ।


प्रकाशित : २०७७ असार ११, बिहीबार ०६:४९