कोरोना संक्रमितको मृत्युपछि पश्चिमाञ्चल अस्पतालको इमर्जेन्सीबाहेक सबै सेवा बन्द

ByLumbini Darpan Online

११ असार २०७७, बिहीबार ०७:०४ ११ असार २०७७, बिहीबार ०७:०४ ११ असार २०७७, बिहीबार ०७:०४

११ असार, पोखरा ।
अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ । शव व्यवस्थापन गर्दा अन्य सेवाग्राहीलाई पनि सर्न सक्ने भएकाले अस्पतालको सेवा बन्द गरिएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।‘इमेर्जेन्सी वार्डबाट ओपीडी वार्ड हुँदै शव ल्याउनुपर्छ । यसो हुँदा अरुलाई पनि सर्न सक्छ,’ डा. आचार्यले भने, ‘तर, यो आज बिहीबारमात्रै हो । शुक्रबारबाट हाम्रा सबै नियमित सेवा खुल्छन् ।’

मधुमेह, श्वासप्रश्वास लगायतका समस्याका कारण असार ८ गते भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय एक पुरुषको बुधबार राति उपचारकै क्रममा मृत्यु भएको थियो । ‘सुरुमै उहाँको अवस्था क्रिटिकल थियो । यहाँ पनि भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको हो,’ डा. आचार्यले भने ।योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या गण्डकी प्रदेशमा २ पुगेको छ । यसअघि पनि स्याङ्जाकै ६० वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो । उनको गत जेठ २५ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै मृत्यु भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *