नेपाल युवा परिषद कपिलवस्तुद्धारा निर्माणाधीन पार्कमा वृक्षरोपण

ByLumbini Darpan Online

१२ असार २०७७, शुक्रबार १०:३१ १२ असार २०७७, शुक्रबार १०:३१ १२ असार २०७७, शुक्रबार १०:३१

हरि आचार्य कपिलवस्तु्, असार १२
विभिन्न सामाजिक कार्यमा सक्रिय नेपाल युवा परिषद कपिलवस्तुले संस्थाका अध्यक्ष सुनिता बेल्बासेलेको जन्मोत्सवको अवसरमा वृक्षरोपण गरेको छ । संस्थाले अध्यक्ष बेल्बासेको जन्मोत्सवको अवसर पारी वाणगंगा ९ मा रहेको खुतखुते सामुदायिक वनको निर्माणाधिन बाल उद्यान तथा जैविक विविधता पार्कमा वृक्षरोपण गरेको हो ।

आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्य सहित निर्माणाधिन उक्त पार्कको सौन्दर्यतामा वृद्धि गरी वातावरणि सन्तुलन कायम गर्ने उद्देश्यले वृक्षरोपण गरिएको अध्यक्ष बेल्बासेले बताईन् । उनले जन्मोत्सव मनाउने विधि पश्चिमेली संस्कृति भित्रीएको भन्दै जन्म दिनलाई सामाजिक कार्य गर्ने दिनको रुपमा लिन आवश्यक रहेकोमा जोड दिईन् ।

उक्त कार्य गरेकोमा सामुदाियक वनको समितिले धन्यवाद दिंदै जन्मदिनको शुभकामना व्यक्त गरेको थियो । नेपाल युवा परिषद कपिलवस्तुका पदाधिकारी तथा सम्पुर्ण सदस्यहरुले पनि सबैले यस्तै उदाहरणिय कार्य गर्नुपर्ने बताउदै अध्यक्ष बेल्बासेलाई शुभकामना दिएका थिए ।

उपाध्यक्ष सुभद्र पोख्रेल, महासचिव विनोद घिमिरे, कोषाध्यक्ष प्रविन गौतम, सह कोषाध्यक्ष कोपिला गिरी सदस्य सुशान्त पोख्रेल लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरु एवम् वनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *