शितगंगा १३ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, वडाका ७५ जनाले रोजगार पाए

हरि आचार्य कपिलवस्तु, असार १३
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको छ । विशेष स्थानीय स्तरका योजनाहरु सम्पन्न गरी विकासको बाटोतिर लैजाने र बेरोजगार नागरिकहरुलाई स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडाअध्यक्ष दुर्गा बहादुर बिसिले बताएका छन् । विशेष गरि उत्तः कार्यक्रलाई अहिले बाटो निर्माणमा प्रयोग गरिएको छ ।

टावर जाने, अस्पताल जाने तथा प्रमुख पर्यटकीय स्थलहरुमा जाने गोरेटो बाटो निर्माण गर्न लागिएको भन्दै यो कार्यक्रम प्रभावकारी हुने वडाअध्यक्ष विसिले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५ जना वेरोजगारलाई रोजगार पाएका छन् उनीहरुले दैनिक ६ सय पारिश्रमिक प्राप्त गर्ने वडाकार्यालयले जनाएको छ ।
आफ्नो गाउँ विकास संगसंगै रोजगार पनि पाएपछि वडाका वेरोजगार नागरिक खुसीका साथ परिश्रम गर्न सुरु गरेका छन् ।

वडाअध्यक्ष दुर्गा बहादुर विसिले वडालाई समृद्ध बनाउने उद्देश्यका साथ लागिपरेको बताउदै शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई मुख्य प्राथमिकतामा राखेको बताए ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *