क्वारेन्टिनमा खाना पकाउने व्यक्तिको मृत्यु

१३ असार, धनगढी ।
बैतडीको क्वारेन्टिनमा रहेकाहरुलाई खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका-४ स्थित जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा रहेकाहरुलाई खाना पकाउने स्थानीय ५० वषर्ीय पुरुषको मृत्यु भएको हो ।

शुक्रबार राति घरमै बिरामी भएका उनको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘हाम्रो टोली घटनास्थलमा पुगेको छ’ उनले भने, ‘घटनाबारे हामी अनुसन्धानमा छौँ ।’
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘रिर्पाेट आएपछि शवको व्यवस्थापन हुन्छ ।’

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *