७७ वटै जिल्लामा कोरोना सङ्क्रमण फैलियो, सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो, २८ जनाको मृत्यु

लुदअ काठमाण्डौ, असार १३
नेपालमा ७७ वटै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । आज रसुवामा पनि सङ्क्रमण देखिएसँगै नेपालभर कोरोना फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार रसुवाका नौ जनासहित पाँच सय ५४ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १२ हजार तीन सय नौ पुगेको हो ।

रसुवामा सङ्क्रमण पुष्टि भएकामा आठ जना महिला र एक पुरुष रहेका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय २० जना महिला र चार सय ३४ पुरुष गरी पाँच सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक एक सय ३६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई हजार आठ सय ३४ पुगेको छ ।

यसैबीच कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको र उनमा सङ्क्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *