कार दुर्घटनामा न्यूज २४ का संवाददाता कृष्ण पाण्डेको निधन

ByLumbini Darpan Online

१४ असार २०७७, आईतवार ०१:३८ १४ असार २०७७, आईतवार ०१:३८ १४ असार २०७७, आईतवार ०१:३८

लुदअ बुटवल, १४ असार
कार दुर्घटनामा परी न्यूज २४ टेलिभिजनका रुपन्दही स्थित टिभी जर्नलिष्ट कृष्णबाबु पाण्डेको निधन भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल भैरहवा सडक खण्डको तिलोत्तमा १, ड्राइभर टोलमा गए राति भएको सवारी दुर्घटनामा पाण्डेको ज्यान गएको हो ।

बुटवलबाट मध्यराति पाण्डे घर फर्किरहँदा बा ७ च ६९५९ नम्बरको उनी आफैले चलाएको कार दुर्घटनाग्रस्त भएको जनाइएको छ । दुर्घटनामा गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कार सडक किरानाको फलामे बारमा ठोक्किएको बताइएको छ । टिभी जर्नलिष्ट पाण्डेको शव अहिले पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

३० वर्षीय पाण्डे विगत ५ वर्षदेखि न्यूज २४ मा कार्यरत थिए । हाल प्रदेश ५ को व्युरोको जिम्मेवारी पनि सम्हालिरहेका पाण्डेको असामयिक निधनप्रति सम्पुर्ण सञ्चार जगत मर्माहत बनेको छ ।
पत्रकारिताका अलावा कलाकारिता जगतमा पनि चिनिएका पाण्डे स्याङ्जाको विर्घामा जन्मिएका हुन् । पत्रकारिता र कलाकारितालाई माध्यम बनाएर उनी लामो समयदेखि सपरिवार बुटवलमा बस्दै आएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *