पहिरोले घर पुरिंदा स्याङ्जाको गल्याङमा १ जनाको ज्यान गयो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ असार १४, स्याङ्जा
अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जाको गल्याङमा एक जनाको ज्यान गएको छ ।

पहिरोमा परेर गल्याङ नगरपालिका(९ साङ्लियका ४९ वर्षीय यमबहादुर विकको ज्यान गएको वडाध्यक्ष हरी खनालले जानकारी दिए ।
राति ३ बजेतिर घर माथिबाट आएको पहिरोमा परेर उहाँकी श्रीमती घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि पाल्पा लगिएको छ ।

३ जनाको परिवार रहेको विकको परिवारमा एक जना भने सकुशल रहेका प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ असार १४, आईतवार ०३:४६