लुदअ असार १९, स्याङ्जा
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्तापूर्वका ४ महिला सहित १९ जना, तनहुँका ९ जना, पर्वतका ३ जना र बाग्लुङका १ जना रहेका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ताबिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित एक हजार ६३ मध्ये २ सय ९६ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा दुई जनाको ज्यान गएको छ ।