महिला माथि दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ असार १९, कञ्चनपुर
भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथ महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। बिहीबार राति ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुव्र्यवहार गरेको आरोपमा वडाध्यक्ष नाथलाई ब्रह्मदेव प्रहरी चौकीले नियन्त्रणमा लिएको हो। उनले गाली गलौज गरेको, महिलामाथि दुर्व्यवहार गर्न खोजेको भन्ने कुरा आएपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

वडाध्यक्ष नाथलाई राति नै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएका छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले वडाध्यक्ष नाथले महिलामाथि दुर्व्यवहार गरेको भन्ने कुरा आएको बताए। थप कुरा बुझ्न बाँकी रहेको उनको भनाइ छ।


प्रकाशित : २०७७ असार १९, शुक्रबार ०२:३५