बारामा दुईवटा मोटरसाइकल ठोक्किंदा १ जनाको ज्यान गयो, अरु ३ जना घाइते

[sharethis-inline-buttons]

लुदअ, असार २०
बाराको कलैया उपमहानगरपालिका २३ सिसहनियामा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् ।

ना २० प १०२४ नम्बरको मोटरसाइकल र ना ३१ प ७८३९ नम्बरको मोटरसाइकल ठोक्किंदा ना १० प १०२४ नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका २ का २५ वर्षका ऋतिक यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दुर्घटनामा कलैया उपमहानगरपालिका २ का रामराज यादव, फेंटा गाउँपालिकाका कन्हैया साह र विशाल साह घाइते भएका छन् । घाइतेहरुको वीरगञ्ज न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ असार २०, शनिबार ०३:२५