कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी १ जनाको हत्या

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ १ असार, कैलाली
कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका–५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएका हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ । थापाले भने, ‘घटनामा संलग्न देखिएका गौरव खड्का फरार छन्, खोजी भइरहेको छ ।’

सामान्य विवादमा कुँवरको हत्या भएको स्थानीय बताउँछन् । प्रहरीले भने विस्तृत अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : २०७७ असार २१, आईतवार ०२:४९