आगलागीबाट १२ वटा माइक्रोबस जले

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, असार २१
काठमाण्डौको नयाँ बसपार्कमा आज बिहान १२ वटा माइक्रोबसमा आगलागी भएको छ ।

ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रो बस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आगलागीको कारण खुलेको छैन, यसबारे अनुसन्धान भइरहेको छ ।

आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ । यस्तै बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ असार २१, आईतवार ०३:०७