दिल्लीमा अलपत्र ६ नेपाली महिलाको उद्धार

[sharethis-inline-buttons]

लुदअ असार २०, अर्घाखाँची
चार महिनादेखि भारतको दिल्लीमा अलपत्र रहेका ६ जना नेपाली महिलाहरुको उद्धार गरिएको छ। शान्ति पुनर्स्थापना गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा ती महिलाको उद्दार गरिएको हो।

उद्दार गरिनेमा मोरङका क्रमश ४०, ४०,३२ र २७ वर्षीय महिला गरी ४ जना, झापा र पर्वत जिल्लाका २६ र ४१ वर्षीय एकरएकजना गरी ६ जना नेपाली महिलाहरुको भारतबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।


प्रकाशित : २०७७ असार २२, सोमबार ०१:१६