नेपालमा कोरोना सङ्क्रमित थपिने क्रम घट्दै : बिहिबार १ सय ८ जना थपिए, २४ हजार बढी क्वारेन्टीनमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ असार २५, काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा एक सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

थप एक सय आठ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १६ हजार पाँच सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ । पछिल्लो एक हप्तायता दैनिका कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने सङ्ख्या तीन सयभन्दा बढेको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा एक सय ९६ जना, प्रदेश दुईमा दुई हजार २४ जना, वाग्मती प्रदेशमा चार सय २९ जना, गण्डकी प्रदेशमा आठ सय ६२ जना, प्रदेश ५ मा एक हजार सात सय २७ जना, कर्णाली प्रदेशमा चार सय पाँच जना र सुदूरपश्चिम प्रदेशमा दुई हजार नौ सय ६२ जना कोरोना सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक सय ३९ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या सात हजार आठ सय ४१ पुगेको छ ।

त्यस्तै क्वरेण्टीनमा रहनेको सङ्ख्या २४ हजार चार सय २५ र आइसोलेशनमा रहनेको सङ्ख्या आठ हजार ६ सय सात रहेको छ ।


प्रकाशित : २०७७ असार २५, बिहीबार १३:५५