Latest Posts

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली...

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन...

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

Latest Posts

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय पिपराले ठुलो मात्रामा चोरीका मोटरसाईकल र कार भन्सार चलान गरेको छ । विभिन्न समयमा चेकजाँच गर्दा कागजात उल्लेख नभएका चोरी पैठारी भई आएका ७ मोटरसाईकल ३ वटा स्कुटर र एउटा अल्टो कार पिपरा प्रहरीले सुठौली भन्सार चलान गरेको छ । प्रहरीले ति साधनको मुल्य करिव ९ लाख ८५ हजार मुल्य कायम […]

Arv

l

कास्कीमा पहिरोले घर पुरिंदा ४ जनाको ज्यान गयो

लुदअ, असार २६
कास्कीमा दुई ठाउँमा पहिरोले घर पुरिंदा ४ जनाको ज्यान गएको छ । पोखरामा ३ र हेम्जामा १ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका १८ गोठादीमा टंकबहादुर थापाको घर पहिरोले पुरिंदा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । केही सम्पर्कबिहीन भएका प्रहरीले जनाएको छ ।

बिहान ३ बजेतिर पहिरो जाँदा ३ जनाको ज्यान गएको कास्कीका डीएसपी सुबास हमालले जानकारी दिनुभयो । उनीहरुको परिचय भने खुलेको छैन । पुरिएको घरमा हिजो जन्मदिन उत्सव भएको र जन्मदिन मनाउनका लागि केही आफन्तहरु पनि आएका स्थानीयले बताएको उहाँले जानकारी दिनुभयो । घर पूर्ण रुपमा पहिरोले पुरिएको छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । घाइतेलाई पोखराको मणिपाल अस्पताल र पश्चिमाञ्चल अस्पताल लगिएको छ ।

पानी लगातार परिरहेकाले थप अरु घर पनि जोखिममा छन् । यस्तै पोखराकै हेम्जामा रहेको रामचन्द्र अधिकारीको घर पनि पहिरोले पुरिंदा उहाँकी आमा हिमकलीको ज्यान गएको छ । गएराति ३ बजेतिर नै पहिरो गएको हो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *