सरिता गिरि सर्वोच्चको शरणमा, हालिन् पार्टी र सरकारविरुद्ध मुद्दा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ काठमाडौं, असार २८
पार्टी कार्वाहीमा परी निश्काशित समाजवादी पार्टीकी सांसद सरिता गिरिले पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराउनुभएको छ ।
आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको भन्दै सांसद गिरिले सर्वोच्च अदालतमा आइतबार मुद्दा दर्ता गराउनुभएको हो ।

आफूलाई कारबाही गर्ने निर्णय अवैधानिक भएकाले त्यसविरुद्ध न्यायका लागि अदालत आएको उहाँले प्रतिक्रिया दिनुभएको छ । संसदीय दलको सिफारिशमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने जिकिर पनि गर्नुभएको छ ।

पार्टी निर्णयविपरित गई लिम्यिाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीले कारबाही गरेको छ ।

सांसद गिरि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समेट्ने प्रक्रियासँग असहमत रहँदै आउनुभएको छ ।


प्रकाशित : २०७७ असार २८, आईतवार ११:३७