ताजा अपडेट

प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपालीको स्वदेश फिर्ती : विभिन्न ६ देशबाट थप ४२ उडान हुने

लुम्बिनी दर्पण २०७७ असार २८, आईतवार १३:५४
[sharethis-inline-buttons]

लुदअ असार २८, काठमाण्डौ
तेस्रो चरणमा नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न ६ देशबाट ४२ वटा उडान हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गएको जेठ ३२ गतेदेखि सुरु भएको स्वदेश फिर्तीको प्रक्रियालाई भोलि सोमबार र मंगलबार रोक्दै बुधबारदेखि एक हप्ताका लागि नयाँ उडान तालिका सार्वजनिक भएको हो।

नेपालीको स्वदेश फिर्तीका लागि हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स, फ्लाई दुबई, एअर अरेबिया, जजिरा एअर र मालिण्डो एअरले उडान अनुमति पाएका मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो।

उहाँका अनुसार हिमालय एअरले १६ वटा र नेपाल एअरलाइन्सले १६ उडान भर्नेछन् । त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एअर अरेबियाले २, फ्लाई दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् । जजिरा एअरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ ।

नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मेलेसियाबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् । शनिबारसम्ममा विभिन्न देशमा समस्यामा परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गइ उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किएका छन् । विभिन्न एअरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्धार गरिएको हो ।

आज पनि विभिन्न देशबाट नेपालीहरु फर्कंदै छन् । तर भोलि र पर्सि भने उडान हुने छैनन् । ‘कुनै कारणले रोकिएको होइन, लामो समयदेखि उद्धार उडानहरु भइरहँदा, विमानस्थल सरसफाई, होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका थप व्यवस्थापन मिलाउनका लागि दुई दिन स्थगित गरिएको हो’ सहसचिव लामिछानेले भन्नुभयो ।

उहाँका अनुसार अब जुलाई २१ पछि विदेशमा रहेका नेपालीको स्वदेश फिर्ती नयाँ हिसाबले गर्नेबारे छलफल भइरहेको छ । नेपालीको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र अन्य विदेश जहाजहरु सलाम एअर, एअर अरेबिया, फ्लाई दुबई, कतार एअरवेज, टर्किस् एअरलाइन्स, मलिण्डो एअर, जजिरा एअर, कोरियन एअर लगायतले उडान भरेका छन् । कोरोना महामारीका कारण सरकारले नियमित हुने व्यवसायिक उडान साउन ७ गतेसम्म बन्द गरेको छ ।


प्रकाशित : २०७७ असार २८, आईतवार १३:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट
  • जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती
  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र
  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु
  • नेता मोहम्मद अफताब आलमको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु फोटोग्राफर संघमा प्रकाश चौधरीको नेतृत्व

बिश्व स्थनपान सप्ताहकाे अवसरमा जनकल्याण युवा क्लबद्वारा अन्तरक्रिया

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

भर्खरै

  • प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

  • हिलबर्ट स्कुलद्वारा बाणगंगाका मस्तिष्कघात पीडित थापाको उपचारमा आर्थिक सहयोग

  • जगदीशपुर रामसार : चराहरूको आश्रय, किसानहरूको जीवनरेखा र जलवायु चुनौती

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

  • नेता मोहम्मद अफताब आलमको मृत्यु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech