
लुदअ २८ असार, सुर्खेत
जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका थप दुईजनाको शव आइतबार भेटिएको छ ।
बारेकोट गाउँपालिका(४ सार्कीगाउँका १३ वर्षीया लक्ष्मी सार्की र ११ वर्षीया कमला सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।
यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । उक्त पहिरोमा बेपत्ता भएकी ५१ वर्षीया पुष्पा सार्की भने अझै नभेटिएको डीएसपी श्रेष्ठको भनाइ छ ।
बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका(४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए ।
उनीहरुमध्ये सोही ठाउँका ५२ वर्षीय गोपाल सार्की, उनका ११ वर्षीय छोरा अर्जुन सार्की र १४ वर्षीया छोरी तीर्खा सार्की, कालुको घरमा पाहुन आएका कुशे गाउँपालिका(९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीया गौरी, १६ वर्षीया कविता र १८ वर्षका वीरेन्द्र सार्कीसहित ७ जनाको शव शुक्रबार नै भेटिएको थियो ।
३४ वर्षीया कालु सार्की र उनका ६ वर्षका छोरा सुवास सार्कीको शव शनिबार फेला परेको थियो ।
खोलामा बेपत्ता ३ जना अझै भेटिएनन्
यसैबीच, शुक्रबार नै जाजरकोटमा खोलमा बगेर बेपत्ता भएका तीनजना पनि अझै भेटिएका छैनन् ।
बारेकोट गाउँपालिका( ६ धुमा भन्ने ठाउँकौ खहरे खोलामा बगेर बेपत्ता भएका स्थानीय २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बेपत्ता भएका थिए ।
शुक्रबार नै खहरे खोलामा बगेका जुनिचाँदे गाउँपालिका(१ का डिल्ली चुनारा पनि भेटिएका छैनन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
३०० सय घरपरिवार विस्थापित
अविरल वर्षासँगै आएको बाढीका कारण जाजरकोटको बारेकोटमा मात्रै विस्थापित हुने घरपरिवारको संख्या ३०० पुगेको छ ।

