लुदअ असार ३०, काठमाण्डौ
नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा एक सय १६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलशनमा ६ हजार ६ सय ९५ जना सङ्क्रमितको उपचार भइरहेको छ ।
मङ्गलबार ३४ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेको सङ्ख्या १० हजार तीन सय २८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा चार हजार तीन सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म दुई लाख ९३ हजार सात सय ३९ जनाको पीसीआर परीक्षण भएको छ ।
देशभरिका विभिन्न क्वरेण्टीनमा २४ हजार सात सय १६ जना रहेका छन् । नेपालमा कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।